अझै भर्खरकी ‘हाँस्य महारानी’ बसुन्धरा भुसाल

 सुदुर दैनिक संवाददाता    २०७५, ४ असार सोमबार ०१:१५     461 जनाले पढ़िसके


नेपाली नाटक क्षेत्र र सिने क्षेत्रमा करिब अर्धसतक अर्थात आधा सताब्दी जति लामो अनुभब बटुलीसक्नु भएकी ‘हास्य नाट्य महारानी’ बसुन्धरा भुसाल नेपाली कलाकारिता तथा सिनेक्षेत्रमा सदैब सम्मान साथ लिईने नाम हो । नेपाली सिनेक्षेत्रमा स्वर्गीय अग्रज कलाकार गोपाल राज मैनालीको जोडीको रुपमा निकै मन जितेकी बसुन्धरा भुसालले करीब २०१४ साल तिरबाट एक गीतमा नृत्य गरेसंगै कलाकारिता क्षेत्रमा प्रबेश गरेकी थिइन् ।

कलाकारिताको माध्यमबाट सबैको मन जित्दै आजको स्थान सम्म आई पुग्दा उनि ६७ बर्षको भै सकिन् तर पनि अझै कम उमेरको नै जस्तो देखिन्छिन् । धेरै चलचित्र र नाटकहरुमा अभिनय गरिसकेकी बसुन्धरा आफ्नो सबै भन्दा रुचाएको उनै स्वर्गीय जोडी गोपाल राज मैनालीलाई सधै सम्झिने गर्छिन् ।