नयाँ वर्षमा दिशाको बोल्ड अवतार

 सुदुर दैनिक संवाददाता    २०७५, ४ असार सोमबार ०१:१७     480 जनाले पढ़िसके


एजेन्सी, १८ पुस । बलिउड अभिनेत्रीहरु बेलाबेला चर्चामा आउने गरेका छन । चर्चामा आउनु कुनै नौलो कुरा होइन । पछिल्लो पटक दिशा पटनी पुन चर्चामा आएकी छन । उनी चर्चामा आउनुको कारण अरु केही होइन । उनले खिचेको फोटो नै मुख्य कारण बनेको छ । उनी

विदेशमा आफ्नो कथित प्रेमी टाइगर श्राफसँग नयाँ वर्ष मनाइरहेकी छन् । यस क्रममा उनको बोल्ड अवतार देखिएको छ । दिशाले आफ्नो तस्बिर सामाजिक सञ्जाल इंस्टाग्राममा अपलोड गरेकी छन् । हालसम्म उनको फोटोले ७ लाख ८१ हजार लाइक पाइसकेको छ । यसअघि उनले MAXIM म्यागजिनका लागि फोटोशूट गराएकी थिइन् ।

यस तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । केही समयअघी दिशा फिल्म ‘बागी २’को शूटिङमा व्यस्त थिइन्, जसमा उनी टाइगरका साथ देखिनेछिन् ।