चौथो बिमस्टेक सम्मेलन: श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना काठमाडौंमा

 सुदुर दैनिक संवाददाता    २०७५, १३ भाद्र बुधबार ११:२५     303 जनाले पढ़िसके


काठमाडौँ, भदौ १३ । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना काठमाडौं आइपुगेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिनका लागि बुधबार अपरान्ह सिरिसेना काठमाडौं आइपुगेका हुन् ।

उनलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल विमानस्थल स्वागत गरेका थिए । सम्मेलन बिहीबार र शुक्रबार काठमाडौंमा हुँदैछ । सम्मेलनमा भाग लिनका लागि म्यानमारका राष्ट्रपति मंगलबार र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक बुधबार बिहान राजधानी आइपुगेका छन् ।

बिमस्टेकमा नेपाल अध्यक्ष रहेको छ भने बंगलादेश, भारत, श्रीलंका, थाइल्यान्ड, म्यानमार, भुटानका राष्ट्र प्रमुखहरु सम्मेलनमा सहभागी हुने छन् ।