आफैलाई भगवानको रुप मान्थे माइकल ज्याक्शन, ६० औ जन्मदिन आज

 सुदुर दैनिक संवाददाता    २०७५, १३ भाद्र बुधबार ११:३३     356 जनाले पढ़िसके


अमेरीकाका विश्व प्रख्यात गायक माइकल ज्याक्सनको जन्मदिन २९ अगस्ट १९५८ मा भएको थियो । उसनको गित तथा डान्समा आज पनि विश्व झुम्छ । माइकल ज्याक्सन कडा प्रोफोफोल र बेजोडायजेपाइन जस्ता खतरनाक नशाका कारण २५ जुन २००९ मा मुत्यु भएको थियो ।

माइकल ज्याक्सनको ब्यक्तिगत जिन्दगीलाई लिएर पनि कैयौ कहानी बनेको थियो । केही ब्यक्ति उनलाई समलिङगी मान्थे भने कतिले उनलाई बच्चाहरुलाई यौन उत्पीडनको आरोप पनि लगाए । तर यी आरोपहरुमा कति सत्यता थियो त्यो आजसम्म पनि अनुतरित प्रश्न रह्यो ।

यही बिच माइकल ज्याक्सनका साथी तथा पुर्व वकिल ब्रेन अक्सम्यानले उनको निजि जिन्दगीलाई लिएर एउटा ठुलो खुलासा गरेका छन् । ब्रेन अक्सम्यानका अनुसार माइकल ज्याक्सन आफैलाई भगवानको रुप मान्थे । अक्सम्यानका अनुसार उनी आफुलाई लिएर फरक फरक भविष्यवाणी पनि गर्दथे । उनले आफुले गायीका लिसा मैरी प्रेस्लीसँग विवाह गर्ने कुरा पहिला नै थाहा भएको बताउथे ।

साथै अक्सम्यानले बताए अनुसार माइकलले आफैले ड्रग्सको लत लागेको पनि बताउदै आएका थिए । अक्सम्यान भन्छन् कि माइकल ज्याक्शनको जिन्दगीमा तनाव त्यो बेलादेखी शुरु भयो जब क्यालिफोर्नियाको नेवरल्याण्ड स्थीत उनको फार्म हाउसमा प्रहरीले छापा मार्दा धेरै खेलौना तथा बच्चाहरुको निवस्त्र तस्विरहरु फेला पर्यो ।

उनीमाथि १३ बर्षको एक नावालक सँग यौन उत्पीडन गरेको आरोप पनि लागेको थियो । अक्सल्याण्डका अनुसार माइकल ज्याक्शनले नेवरल्याण्ड फार्म हाउसमा रेडको अनुमान पहिला नै गसरिसकेका थिए । उनले बताए कि माइकलले मलाई केही दिन पहिला भनेका थिए कि “नेवल्याण्ड पनि नष्ट भईसकेको छ, यो कहिले घर (फार्म हाउस) हुनेछैन, नेवरल्याण्डलाई मबाट टाढा लगिदैछ “।

माइकल ज्याक्शनलाई पप गाएको राजा मानिन्छ । उनको गित तथा डान्सलाई आज पनि विश्वभर करौडौ करोड दर्शकहरुले मन पराउछन् ।