चट्याङ लागेर डडेल्धुरामा दुई जाना घाइ’ते

 सुदुर दैनिक संवाददाता    २०७७, २५ बैशाख बिहीबार १३:०३     402 जनाले पढ़िसके


दिपकराज भट्ट ( डि. आर) डडेल्धुरा – डडेल्धुरामा चट्याङ लागेर दुईजना घाइ’ते भएका छन्। जिल्लाको परशुराम नगरपालिका वडा नं ४ कटालमा बिहीबार बिहान ५ बजेतिर चट्याङ लागेर दुईजना घा’इते भएका हुन्।

घाइते हुनेमा परशुराम नगरपालिका वडा नं ४ का ३ वर्षीया रेनुका जोशी र ५५ वर्षीया कलावती जोशी रहेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक जनकबहादुर मल्लले जानकारी दिए।

बिहान घरमा सुतिरहेको अवस्थामा चट्याङ् पर्दा घाइ’ते भएको प्रहरीले जनाएको छ। चट्याङ पर्दा छिमेकी जयलाल बोहराको गाइगोरुमा समेत क्ष’ति भएको जनाएको छ। घा’इ’तेहरुको अहिले जोगबुढा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।