भारी बर्षाका कारण कैलालीको चुरे १ मिलनपुरमा खोलाले बगाउँदा २ जना बेपत्ता

 सुदुर दैनिक संवाददाता    २०७७, १९ जेष्ठ सोमबार ०९:४५     327 जनाले पढ़िसके


भाेजराज जाेशि, कैैैलाली – कैलालीको चुरे गाउँ पालिका वडा न. १ मिलनपुर नजिकै पातली खोलाको छेउमा पाल मुनि अस्थाई शिबिर बनाई बसेका सहजपुर बोक्टान सडक खण्डमा कामगर्ने २ जना मजदुर खोलाले बगाई बेपत्ता पारेको छ । सो शिबिरमा बस्ने १६ जना मध्य २ जना खोलाले बगाएको हो ।

बेपता हुनेमा जिल्ला कन्चनपुर कृष्णपुर न.पा. गुलरीया बस्ने ४० बर्षको कमल थापा सोहि स्थान बस्ने २४ बर्षको गोपाल बि क हुन । कमल थापाको साथमा रहेको निजको छोरा पुस्कर थापा भने सुरक्षित छन । मजदुर १६ जना मध्य १४ जना बाच्न सफल भएका छन ।

बेपता दुबैको ई.प्र.का. फल्टुडे, बि.पी. नगर र प्रहरी चौकी घरखेडाको सहकार्यमा खोजी कार्य भइरहेको ईलाका प्रहरी फल्टुडे प्रमुख प्रहरी निरीक्षक माधव बिश्वकर्मा बताउछन ।