जता तस्करी, उतै सशस्त्र प्रहरीको स्टेरिङ्ग अप्रेसन

 सुदुर दैनिक संवाददाता    २०७७, २८ जेष्ठ बुधबार १६:०५     698 जनाले पढ़िसके


डम्मर राज भट्ट, कञ्चनपुर- कोरोना कहर चलिरहेको अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीलाई तैनाथ गरिएको छ । लकडाउनकै विचमा तस्करी हुँदा सशस्त्र प्रहरीले तस्करहरूलाई नियन्त्रणमा दिदै छ । उत्तरदेखि दक्षिणसम्म तस्करका योजना धमाधम सशस्त्र प्रहरीले तोडिरहेको छ । जता तस्करी, उतै सशस्त्र प्रहरीको स्टेरिङ्ग अप्रेसन चलेपछि तस्करहरू समान छाडेर भागाभाग भईरहेको छ ।

लकडाउनको मौका छोपी भारतबाट समान तस्करी गरिरहेको अवस्थामा कञ्चनपुरको महाकाली नगरपालिका सीमा क्षेत्रबाट तस्करी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले समान बरामद गरेको छ । भारतबाट धुम्रपानदेखि हार्डवेयरका समान तस्करी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले बुधबार महाकाली नगरपालिका ७ कञ्चनभोज सीमा क्षेत्रबाट चार लाखका समान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीको तथ्याङ्ग अनुसार सूर्तिजन्य पदार्थ, हार्डवेयर लगायत किराना पसलका समान बरामद गरेको छ । कोभिड १९ रोकथामका लागि सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीको टोलीले उक्त समान बरामद गरेको हो । लकडाउकैविच सशस्त्र प्रहरी बलले बेलडाँडी, बेलौरी र पुनर्वास नगरपालिका क्षेत्रबाट तस्करी भईरहेको अवस्थामा सूर्तिजन्य पदार्थ लगायतका समान बरामद गरेको थियो ।

सशस्त्र प्रहरी बल शैलेश्वरी गणका गणपति बीरसिह शाहुले बरामद गरिएको समान भन्सार चलान गरिने बताए। सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा चोरी तस्करी रोक्नका लागि सकृयता देखाएको भन्दै स्थानीय स्तरबाट प्रसंसा भईरहेको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गणले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी जवान अधिकृतलाई भारतबाट सुई समेत छिर्न नदिन निर्देशन दिएको छ ।