कञ्चनपुरमा पनि देखियो सलह…

 सुदुर दैनिक संवाददाता    २०७७, २ श्रावण शुक्रबार २०:२०     207 जनाले पढ़िसके


कञ्चनपुर कञ्चनपुरका कृष्णपुर,शुक्लाफाटा,बेदकोट , पुर्नवास र भिमदत्त नगरपालिकामा सलह किराको झुण्ड खेतबारीमा देखिएपछि कृषक चिन्तित भएका छन ।

विहिवार राती गौरीफाटा नाका हुदै नेपाल प्रवेश गरेको सलहले खेतमा लगाएका मकै र धमनबालीको जडामुनी बसेर नष्ट गर्न थालेपछि कञ्चनपुरका कृषक चिन्तित भएका हुन ।

स्थानियले सलह भगाउनलाइ खेतबारीमा गएर थाली बजाउनुका साथै आ”गोको धुवा दिएर होहल्ला गरी राखेकमा छन् ।

सलह कीरा २०१२ सालमा पहाडमा देखिएको र यसले पुरा गाउको बालीनाली र रुखको बोक्रा समेत नराखेको कृषक गोबीन्द जोशी सम्झीन्छन् ।अहिले खेतबारीमा लगाएको मकै संगै धानको जडा मुनी बसेर नालीबालीको नै नास गरेको र यसले भोलिका दिनमा एक छाक खान समेत धौधौ हुने र यस तर्फ सरकारले पनी गम्बीर भए लाग्नु पर्ने स्थानियको भनाइ छ ।

कञ्चनपुरमा देखा परेका सलश कीरा भारतबाट नेपाल प्रवेश गरेका र यसको आयु छोटो भएको र यसको नियन्त्रणको लागि ब्यापक रुपमा जनशक्ती खटाउनुका साथै स्थानिय सरकार संग समन्वय गरी राखेको कृषि ज्ञान केन्द्र कञ्चनपु्रका निमित्त प्रमुख रामचन्द्र भट्टले बताउनु भएको छ ।

सलहलाइ किरालाइ समयमै नियन्त्रया गर्न नसके यसले भोलिका दिनमा भोकमारी नल्याउला भन्न सकिन्न ।