शारिरीक सम्पर्क गर्दा–गर्दै युवतीको निधन, युवक पक्राउ

 सुदुर दैनिक संवाददाता    २०७७, ५ श्रावण सोमबार १८:१६     1111 जनाले पढ़िसके


एजेन्सी। हरेक ब्यक्तीले आफ्नो यौ न जीवन सुखद होस् भन्ने कामना गर्दछन् । यसका लागि उनिहरुले अनेक प्रयत्न पनि गर्दछन् । अहिलेको समयमा याैन उत्तेनाको लागि अनेक अाैषधिसमेत उपल्बध् छन । यस्तै एक जोडिले शारिरीक सुखका लागि पहिले औषधीको सेवन गरेर शारिरीक सुखको कार्यमा रहे । तर दुर्भाग्य यसका कारण युवतीले ज्यान गुमाउन पुगिन् । शारिरीक सुखभोग प्राकृतिक कुरा हो भन्ने जान्दा जान्दै यस्तो दुर्दशा भएको थियो ।

उक्त जोडीले यसको प्राकृतिक नियम विपरीत जाँदा मानिसको जीवन आनन्दमय हुनुको साटो कष्टसाध्य हुने मात्र हैन मृ त्युका मुखमा समेत पुग्दछ । भारतको गुजरातका २६ वर्षिया युवक किशोर गुप्ताले औषधि सेवन गरेर आफ्नी केटी साथी नितासँग शारिरीक सुखभाेग गर्दा निताको मृ त्यु भएको हो ।

गु प्ताले सो औषधि खाएपछि आफुलाई थाम्न नसक्दा मृ त्यु भएको गुजारत प्रहरीले जनाएको छ । किशोरको बयानलाई आधार मान्दै भारतीय मिडियाले लेखेका छन्‘ निता र किशोरबीच नियमित शारिरीक सुखभोग हुने गरेको भएपनि मङगलबार किशोर किशोरीले नै औषधि खाएर शारिरीक सुखभोग लिन थालेका थिए ।’ अत्याधिक इच्छाले युवकको हर्कत तिब्र बन्यो र युवतीको गोप्य अंगमा चोट पुगेपछि मृ त्यु हुन पुगेको बताएको छ ।

माधव नेपालको साथ छोड्दै प्रचण्डले भने, ‘ओलीसँग मिल्नुको विकल्प छैन’

प्रधानमन्त्रीको राजिनामा सम्म पुगेर विवादको उत्कर्षमा रहेको विवादमा फेरी एक पटक माधव नेपाल पक्ष एक्लिएको छ । सोमवार नेकपालमा रहेका पूर्व माओवादी तर्फका स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसंगै मिलेर जानुको विकल्प नभएको निष्कर्ष निकालेको छ । पछिल्लो समय नेकपामा प्रधानमन्त्री ओलीको कार्यशैली र अभिब्यक्तिलाई लिएर विवाद उत्कर्षमा पुगेको थियो । माधव नेपाल पक्ष र प्रचण्डले प्रधानमन्त्री र पार्टी अध्यक्षवाट राजिनामा माग गरेका थिए ।

तर सोमवार प्रचण्ड निवास खुमलटारमा भएको बैठकमा प्रधानमन्त्रीसंग नै सहमति जानुको विकल्प नभएको निष्कर्ष निकाले पछि फेरी एक पटक माधव नेपाल र उनको समुह एक्लिएको छ । विवादका कारण पार्टी पंक्ति र कार्यकर्तामा निरासा देखिएको र पार्टी एकतालाई कमजोर पार्न नहुने भएकाले प्रधानमन्त्रीसंगै सहमति गरेर जानुको विकल्प नभएको निष्कर्ष बैठकले गरेको हो ।

पटक पटक प्रधानमन्त्री र प्रचण्डबीच वान टु वान वार्ता हुँदा पनि विवादको समाधान निस्कन सकेको छैन । प्रधानमन्त्रीले दुवै पद नछोड्ने अडान कायमै राखेका छन् । माधव नेपाल पक्षसंग मिलेर प्रधानमन्त्रीको राजिनामा माग्दा पनि आफ्नो अडान नछोडेका कारण पार्टी एकता कमजोर हुने गरी विवाद चुलिएको र त्यसले पार्टी कार्यकर्तामा निरासा जगाएको भन्दै प्रधानमन्त्रीसंग सहमति गरेर जानुपर्ने निष्कर्ष निकालेको छ ।

प्रचण्डले सोमबार विहान आफु निकट स्थायी कमिटी सदस्यहरुलाई बोलाएर शीर्ष तहमा भएको छलफल र प्रगतीबारे बिफ्रिङ गरेका थिए। सो क्रममा नेताहरुले पनि प्रचण्डलाई सहमति गरेरै जान सुझाव दिएका छन् । पटक पटक राजिनामा दिन आग्रह गर्दा पनि अटेर गर्ने प्रधानमन्त्रीले नै अहिलेको विवादको समाधान दिनुपर्ने स्थायी समिति सदस्यहरुले बताएका छन् ।

ओलीलाई विधिसम्मत हटाउने प्रक्रिया अघि बढाउँदा पार्टीमा विभाजन आउने र दुर्घटना निम्त्याउने खतरा देखिएकाले आम कार्यकर्ताको भावना अनुकुल पार्टी एकतालाई बचाउनका लागि आफुहरु लचिलो हुन बाध्य भएको प्रचण्डले बैठकमा बताएका थिए। नेकपाको ४४ सदस्य रहेको स्थायी कमिटीमा रहेका पूर्वमाओवादीका १५ जना बैठकमा सहभागी थिए।

बैठकमा नारायणकाजी श्रेष्ठ, देव गुरुङ र मातृका यादवबाहेक सबै स्थायी समिति सदस्यले ओली–प्रचण्ड मिल्न सुझाव दिए पछि फेरी एक पटक माधव नेपाल एक्लिएका छन् । शीर्ष तहमा चर्किएको कलहको टुंगो लाग्न नसक्दा स्थायी कमिटीको बैठक ८ पटकसम्म स्थगित भएको छ। यसबीचमा ओली र प्रचण्ड तथा अन्य शीर्ष नेताहरुबीच बालुवाटारमा हरेक दिन जसो बैठक बसे पनि कुरा मिल्न सकेको छैन्।

असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी समितिको बैठक पार्टीको आन्तरिक विवादका कारण निरन्तर स्थगित हुँदै र सर्दै आएको छ। हरेक दिनजसो बालुवाटारमा ओली र प्रचण्डबीच छलफल भए पनि अहिलेसम्म कुरा मिलेको छैन। प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललगायतले ओलीको राजीनामा माग्दै आएका छन् भने ओलीले कुनै पनि पदबाट अहिले राजीनामा दिने अवस्था नरहेको बताउँदै आएका छन्। प्रधानमन्‍त्री ओलीले आफूलाई हटाउन भारत सक्रिय भएको र होटल एवं दूतावासमा चलखेल भइरहेको भनी दिएको पछिल्लो अभिव्यक्तिपछि पार्टीभित्र विवाद चर्केको हो।