सानै उमेरमा सारंगी बजाएर परिवार पाल्दै आयका विराजको प्रतिभा ,(भिडियो हेर्नुहोस)

 सुदुर दैनिक संवाददाता    २०७७, ८ श्रावण बिहीबार ११:००     159 जनाले पढ़िसके


भिनिन्छ नि हुने बिरुवाको चिल्लो पात , नहुने बिरुवाको खस्रो पात भनेर त्यस्तै उमेरमा अन्दाजी १३ देखि १४ यति सानै उमेरमा बर्षका बिराज गन्दर्भाको प्रतिभा भने पत्याउनै नसकने छ।

दाङ्ग जिल्ला गंदर्भ बस्तीमा पत्रकार भोजराज थापा पुगे त्यहा उनि पुग्दा सानो भाइ सारंगी समातेर सारंगीको धुन संगै आफ्नो कला प्रस्तुत गर्दै थिय। अनि भोजराजले क्यामेरामा कैद गरे।

यसभन्दा अघि पनि उनि बिभिन्न मिडियामा आइसकेका थिय। यति सानै उमेरमा सारंगी बजाउदै परिवार पालेका छन् बिराजले। उनि सानैमा पढ्न छोडेका हुन्। एक कक्षामा पढ्दा पढ्दै छोडेका उनि आफ्नो कलालाई अँगालो मारेर जीवन संघर्ष गर्न थाले।

जस्तो सुकै गीतमा पनि सारंगी बजाएर गित गाउने गर्छन उनि। लोक दोहोरि गित देखि र्याप गित सम्म गाउछन उनि। सानो भाइ बिराज गन्दर्भाको प्रतिभालाई कदर गर्नु पर्छ भन्ने हेतुले भिडियोमा उतारे पत्रकार भोजराजले। बाकि अंश भिडियो बाटै।