१ मिनेटमा ८० हजार शब्द पढ्ने मारियादेखि स्पीड रिडर विजय शाहीसम्म : के हो स्पीड रिडिङ ?

 सुदुर दैनिक संवाददाता    २०७७, ८ श्रावण बिहीबार ११:३४     365 जनाले पढ़िसके


काठमान्डौ , नेपालमा एकजना युवा विजय शाही अहिले स्पीड रिडरका रुपमा निकै चर्चित छन् । उनले कुनै पनि पुस्तक एकदम छिटो पढ्नसक्ने आफ्नो कला भिडियोहरुमा देखाउँदै आएका छन् ।

कतिपयले त यसलाई भगवानको लिला र च’मत्कार समेत बताएका छन् ।विज्ञानले स्पीड रिडिङलाई विभिन्न टे’क्निक लगाएर छिटो पुस्तक पढ्नसक्ने कलाका रुपमा स्वीकार गरेको छ । र, स्पीड रिडिङका सन्दर्भमा विश्वमा विभिन्न रेकर्डहरु समेत कायम भएका छन् । यद्यपी त्यस्तायद्यपी त्यस्ता रेकर्डहरु वि’वादमुक्त भने छैनन् ।

मा’पदण्डहरुबारे वि’वाद भएपछि केही बर्षदेखि गिनिज बुकले स्पीड रिडरका रेकर्डहरु दर्ता गर्न छाडिसकेको छ भने विगतका स्पीड रिडरका रेकर्डहरु सम्मान सुचीमा राखेको छ ।अमेरिका निवासी हावर्ड स्टेफन बर्जलाई एक मिनेटमा २५ हजारसम्म शब्द पढ्नसक्ने स्पीड रिडर व्यक्तिका रुपमा गिनिज बुकले प’हिचान गरेको थियो ।

त्यस्तै फिलिपिन्स निवासी मारिया टे’रेसाले एकमिनेटमा ८० हजार शब्द पूरै बुझेर पढ्नसक्ने दा’वीका साथ गिनिज बुकमा नाम लेखाउन आ’वेदन दिएकी थिइन् ।स्पीड रिडरहरुले स्की’मिङ र स्क्या’निङ तथा मेटा गा’इडिङ विधिको उपयोग गरेर पुस्तकहरु छिटोछिटो पढेको पाइन्छ ।

स्की’मिङ विधिबाट पुस्तक पढ्दा आँखाले मुख्य क्लु भएको बाक्यलाई पृष्ठमा खोज्नेगर्छ । सारांशमा हरेक प्या’राग्राफमा पहिलो बा’क्य पढिसकेपछि त्यसमा उक्त पेजमा के छ भन्ने कुराको निर्धारण गर्छ । त्यस्तै स्क्या’निङ विधिबाट स्पीड रि’डिङ गर्दा दि’मागी नक्साको प्रयोगबाट पेजमा भएको जानकारीको खोजी गरिन्छ ।

स्पीड रिडरहरुले अपनाउने मेटा गा’इडिङ विधिमा औंला वा प्वाइन्टरको माध्यमबाट आँखालाई गा’इडेन्स गरिन्छ । औंलाले जतिसक्दो छिटो आँखालाई गा’इड गर्नसक्छ, त्यती छिटो आँखाले उक्त सामाग्री पढ्छ ।स्पीड रिडिङ एउटा यस्तो क्षमता हो, जुन अभ्यासबाट हासिल गर्न सकिन्छ ।

अहिले विश्वमा स्पीड रिडिङका लागि विभिन्न से’मिनारहरु समेत आ’योजना गरिदै आएको छ ।विश्वमा पढ्ने तीनवटा तरिकाहरु चर्चित छन् । एउटा हरेक शब्दलाई मनमनै वा आवाज निकालेर उच्चारण गरेर पढ्ने, जुन पढाईको सबैभन्दा ढिलो तरिका हो । दोश्रो अरुले पढेका शब्दहरु सुनेर पढ्ने विधि, जुन पहिलोको तुलनामा अलिक छिटो हुन्छ ।

तेश्रो, उच्चारण गर्नु वा सुन्नुको साटो आँखाले हेरेर पढ्ने, जुन विधि सबैभन्दा छिटो मानिन्छ । स्पीड रिडिङमा तेश्रो विधिको प्रयोग हुन्छ ।स्पीड रिडिङका लागि अहिले विश्वमा कम्प्युटर स’फ्टवेयरहरु समेत उपलब्ध छन् ।

आँखाको गति अति ती’ब्र बनाउनपर्ने भएकाले त्यसको अभ्यासविना स्पीड रिडिङ सम्भव छैन । केहीबर्ष पहिले सा’इकोलोजिकल सा’इन्स इन द प’ब्लिक इ’न्ट्रेस्ट नामको ज’र्नलमा प्रकाशित लेखमा स्पीड रिडिङका लागि कुनै जा’धुको छडि नभएको र स्पीड रिडिङका टे’क्निकहरुमार्फत हासिल गर्न सकिने नि’ष्कर्ष निकालिएको थियो ।

अमेरिकी राष्ट्रपति जोन अफ केनेडी पनि स्पीड रिडिङका पक्षधर थिए । उनले एक घण्टामा ७२ हजार शब्दसम्मको पुस्तक सहजै पढ्नसक्थे । अमेरिकी राष्ट्रपति जिम्मी का’र्टर र उनकी पत्नीले पनि स्पीड रिडिङका लागि ह्वा’इटहाउसमा को’र्स ज्वाइन गरेका थिए ।

स्पीड रिडिङका बारेमा विश्वमा प्र’तियोगिताहरुसमेत हुने गरेका छन् । ६ पटकसम्म विश्व च्या’म्पियन भएकी बेलायत निवासी एन जो’न्समा एकमिनेटमा ६७ प्रतिशत सही तरिकाले ४७ सय शब्दसम्म पढ्नसक्ने क्ष’मता रहेको छ । उनले ७८४ पेजको पुस्तक ४७ मिनेटमा पढेकी थिइन् ।खसोखास सहयोगमा तयार गरिएको हो ।