बेदकोट नगरपालिका द्वारा ३५ लाखमा बनेको गौशाला

 सुदुर दैनिक संवाददाता    २०७७, ८ श्रावण बिहीबार २२:५१     350 जनाले पढ़िसके


महेन्द्रनगर । बेदकोट नगरपालिकाले दुई वर्ष अघि हात्तीथाला बनाएको गौशाला अलपत्र परेको छ । छाडा पशु चौपाया व्यवस्थापनका लागि ३५ लाख बढी खर्च गरी हात्तीथलामा गौशाला बनाएको थियो ।

दुई वर्ष अघि हात्तीथलाको गौशालालाई छाडेर अन्यत्र फेरि खर्च गरी बनाइएको छ । चुनेपानीमा १२ लाख खर्च गरी अर्को गौशाला बनाइएको छ । हात्तीथला गौशालाको तस्बिर सामाजिक सञ्जालमा राखिएको छ ।