आश्चर्यजनक घटना: चीनमा जन्मियो ३१ औंला भएको बच्चा (भिडियो)

 सुदुर दैनिक संवाददाता    २०७७, १२ श्रावण सोमबार १९:१२     104 जनाले पढ़िसके


सामान्यतया कुनैपनि मानिसको हात र खुट्टामा गरि २० वटा औंला हुन्छ।एउटै बच्चा जसको ३१ वटा औंला छन् भन्ने सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर बास्तविकता नै यस्तै छ। चीनका एक बालकले जन्मँदै ३१ वटा औँला लिएर आएका थिए।

कमजोर आर्थिक अवस्था भएको परिवारमा जन्मिएका ती बालकका आमाबाबुले शल्यक्रियामार्फत अनावश्यक औँला फाल्न चाहेका थिए। पैसा अभावका कारण शल्यक्रिया गर्न सकेका थिएनन्। तर, चीनको निङ्बो सिटी अस्पतालले निःशुल्क रूपमा बालकको शल्यक्रिया गर्ने बताएपछि बालकका आमाबाबु खुशी बने।

ती बालकको हातमा १६ वटा र खुट्टामा १५ वटा औँला छन्।
शल्यक्रिया गरेर औँला हटाउने र बालक १६ वर्षको नपुगुञ्जेल यस कारणले स्वास्थ्यमा कुनै जटिलता आएमा त्यसको पनि अस्पतालले निःशुल्क उपचार गरिदिने बताइएको छ। कहिलेकाहीँ संसारमा यी यस्ता आश्चयजनक घटना हुने गर्छन जुन, हामिले बिश्वास गर्नै गार्हो हुन्छ।यो समाचार को भिडियो हेर्न तल क्लिक गर्नुहोस्👇️👇️