लुकिछिपी विरुवा खाएको आ’रोपमा १५ बाख्रामाथि मु’द्दा, नगद ज’रिवाना

 सुदुर दैनिक संवाददाता    २०७७, १४ श्रावण बुधबार १९:१३     276 जनाले पढ़िसके


चो’रीको अ’भियोगमा अ’भियुक्तहरुमाथि स’जायँ भएको त सुनिएकै हो । तर चो’रेर घाँस खाएको आ’रोपमा बाख्रामाथि समेत मु’द्दा चलेको र स’जायँ भएको चाहीँ सुनिएको थिएन ।

हालै छिमेकी मुलुक भारतको तेलंगानामा यस्तो अनौठो घ’टना भएको छ । लुकिछिपी रुखको घाँस खाइदिएको आ’रोपमा त्यहाँ १५ वटा बाख्रामाथि मु’द्दा दर्ता भयो । ती बाख्राहरुलाई हि’रासतमा लिइयो र ३ हजार भारु ज’रिवानाको स’जायँ भयो ।

तेलंगानाको भद्राद्री कोठागुडेम जिल्लास्थित येल्लेँडू भन्ने ठाउँमा उक्त घ’टना भएको बताइएको छ । उक्त क्षेत्रमा वृक्षारोपण अभियान अन्तरगत रोपिएका विरुवाहरु स्थानीय एक किसानले पालेका १५ वटा बाख्राले खाइदिएका थिए । सरकारी अभियानमा रोपिएका विरुवाहरु बाख्राले खाइदिएपछि आ’क्रोसित बनेका सरकारी अधिकारीले ती बाख्रलाई पक्राउ गरे र बाख्रा वि’रुद्ध मु’द्दा दर्ज गरे ।

नगरपालिकाका कर्मचारीहरुले प’क्राउ गरेसँगै सुरुवातमा ती बाख्रालाई पि’टेर स’जायँ दिइएको थियो । विरुवाहरु स’खाप पारिदिने बाख्रामध्ये ९ वटालाई बिहिबार र ६ वटालाई शुक्रबार प’क्राउ गरिएको थियो ।

सबै १५ वटा बाख्रालाई नगरपालिका कार्यालयमा बाँ’धेर राखिएको बताइएको छ । प्रत्येक बाख्रामाथि ३–३ हजार भारुको दरले ज’रिवाना लगाइएको छ । उक्त ज’रिवाना रकम बाख्रा मालिकले तिर्नुपर्नेछ । त्यसका लागि बाख्रा मालिकलाई समेत सूचना जारी गरिएको छ ।

अहिलेसम्म ती बाख्रा दाबी गर्नका लागि नगरपालिकामा कोहीपनि नपुगेको बताइएको छ । जसका कारण नगरपालिकाका कर्मचारीहरुले नै बाख्राको हेरचाह गर्नु परिरहेको छ । एजेन्सी