मलाइ म नै योग्य छु

 सुदुर दैनिक संवाददाता    २०७७, १५ श्रावण बिहीबार ११:१६     165 जनाले पढ़िसके


“मलाइ अरु जस्तो बन्नु छैन।मेरो सक्षमता पारदर्शी साबित गर्न मेरो सान्दर्भिकता नै अतुलनीय र अप्रत्याशित हुनेछ। सन्कल्प को कुनै वास्तविक सिमा हुदैन अनि अर्थहीन बिचार को मुल्यांकन सकारात्मक र मान्य हुदैन मलाइ मेरो बारेमा परिचयात्मक सम्बन्ध प्रसारित गर्न उचित लग्दैन।

नत मलाइ एउटा ले सोचेजस्तो भब्य बन्नु छ, नत अर्को ले सोचेजस्तो सभ्य। मेरो परिकल्पना र प्रयत्न,मानौ दुर्लभ युगको अकल्पनीय उदाहरण, मैले चाहेको म नगर्न सकु तर मैले नचाहेको मलाइ गर्ने हिम्मत मिलोस।

मात्र सकारात्मक दृस्ठिकोण अन्ततः प्रदर्शित होस। त्यसैले त हो म मै बन्न चाहन्छु र ,मलाइ म नै योग्य छु”

लेखक – नवीन पान्डेय