धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या

 सुदुर दैनिक संवाददाता    २०७७, १७ श्रावण शनिबार १२:००     162 जनाले पढ़िसके


कञ्चनपुर : कञ्चनपुरको बेलौरीमा एक जनाको हत्या भएको छ । बैलारी नगरपालिका वडा नम्बर ७ भगतपुरमा धारिलो हतियार प्रयोग गरी ५५ वर्षीया बेलु खातीको हत्या गरिएको छ ।

सोही घटनामा मृतकका श्रीमान् ६२ वर्षीय घनश्याम खाती गम्भीर घाइते भएका छन् ।घाइतेको उपचारका लागि धनगढी पठाइएको छ ।

घटनाको अनुसन्धानका लागि मृतक खातीका छोरासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।