निकास,बिकास र समरुद्धी अहिलेको हाम्रो आवश्यकता हो।

 सुदुर दैनिक संवाददाता    २०७७, १७ श्रावण शनिबार २२:२८     146 जनाले पढ़िसके


हाम्रो देश कृषिमा आधारित अर्थब्यबस्थाले नेपालमा औद्योगिक बिकास दर न्युनतम शिक्षाको स्तर,शेष भुक्तान संकट र आधा भन्दा बढी आवादी बिकासिल मुलुकको बाटो तिर लागेका छन।गरिबी निरक्षपता,असमानता ,कानुन बिहिनता,अपराध,हत्या,हिंसा,बलात्कार दुर्गम क्षेत्रहरू मा बिकास अबरोध ,राजनिती पार्टीको आपसी प्रतिद्वन्दीता,झगडा,सत्ता पाउनका लागि षडयन्त्र र अन्तर्राष्ट्रिय बिकास कोषको सहयोगमा भर पर्ने जस्ता अनेकौं कारण बिच अल्झिएर हाम्रो देश आत्मनिर्भर न भइ दिनप्रतिदिन कमजोर देशको दाजोमा पुगेको छ।

हामी अहिले २१औं शताब्दीको शुरूवातमा लम्किरहेका छौ।जहाँ कम्प्युटर,प्राबिधिक संचार र सायबर क्रान्तिको युगमा बिकासका चक्काहरु गरिबी,आतंकवाद,धर्म संस्कृति,बिलोप र प्रतिगामनकारी शक्तिको बिस्वात्मक मानव श्रोत सन्साधनको पलायन जस्ता हिलोमा गाडिएका छौ।देश्मा बस्ने नेपालीहरु बाढी,पहिरो,अकाल र अहिले बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोराना भायरस (कोभिड-१९) जस्ता भयानक प्राकृति बिनासको चोट सहन गरिरहेका छ्न।युवाहरू गरिबीको छाप लिएर भारत लगाएत अन्य मुलुकहरू मा दुई छाक खान,शरीरमा लगाउने लुगा मान्छे बनी जीवन बिताउने,अधिकार प्राप्त गर्ने प्रयासमा लागि परेका छन।

यो जटिल परिस्थितिमा (कोभिड-१९)ले देश लाई तहसनहस पारिरहेका बेला सबै नागरिक देश भित्रीन लागेका छन।यो अहिलेको दुई तिहाइको सरकारलाई सबैभन्दा ठूलो चुनौतीपूर्ण बिषय रहेको छ।देश भित्रीएका नागरिकको कसरी रोजगारीको सृजना कसरी गर्न सकिन्छ भन्ने यसमा बर्तमान सरकारले महत्त्वपूर्ण भुमिका खेल्नु पर्नेछ।नेपालीहरु लाई समाज रास्ट्रका घटना छाप सरह ठान्दछन।राजनीतिक पार्टी र बुद्धिजीवी बर्ग रास्ट्रलाई अग्रक्रममा ल्याउने बिफल प्रयासमा लागि परेका छन।

मध्यम बर्गिय जनताहरु रोजिरोटोको सेरोफेरोमा पिसिदै गएका छन।तल्लो बर्गका जनताहरु लाई दिन बिताउना धौ धौ परेको अवस्था छ।यो माहोलमा पनि हाम्रो देशले आफ्नो सह-अस्तित्व सिद्ध गरेकोछ।तर हाम्रा समस्या हरुको बर्णन त धेरै ठूलो छ तर समाधानका बाटा हरुले रास्ट्रको सबै स्थरमा उच्च प्रयास तर्फ लागेको छ।नेपालको आधार स्थम्भ २४० बर्ष सम्म जडा गाडेर बसेको संम्बैधानिक राजतन्त्रको अन्त गरि हामी प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र लाई सबल बनाउनु पर्नेछ।त्यसका निमित्त सरकार, राजनीतिक पार्टी हरु,बुद्धिजीवी,व्यावसायिक,पत्रकार, सामाजिक अभियान्ता सबै मिलेर मात्रै देसलाई निकास,बिकास र शमृद्धि ल्याउन सकिन्छ।

र सबैको साथ र सहयोगनै सरकार लाई अहिलेको आवश्यकता हो।त्यसअर्थ नयाँ नेपालको निर्माणमा सहयोग पुर्याउनु पर्ने चुनौती रहेकोछ।
एकातिर ४महिना देखि बिश्वब्यापी रुपमा फैलिएको (कोभिड-१९)को लडाइँ र अर्कोतिर नेपालको भुमी कालापानी,लिपुलेक र लिम्पियाधुरा हाम्रो भु-भाग लाई भारतले आफ्नो राजनीतिक नक्सामा राख्नु,भारतको दादागिरी विरुद्धको लडाइँ लाई चुनौती दिदै सबै राजनितिक दलहरु एकै ठाउँमा उभिएर नेपालको राजनिती नक्सामा कालापानी,लिपुलेक र लिम्पियाधुरा लाई सार्वजनिक गर्दै नेपालको संविधान २०७२ को अनुसूची ३धारा ९को उपधारा २सङ नेपालको निशाना छाप आवश्यकता अनुसार ठूलो वा सानो बनाउन सकिन्छ भन्ने कुरा सबै राजनीतिक दलले दर्ता गराएको संविधान संन्सोधन प्रस्ताव लाई सबै राजनीतिक दलले पुर्ण समर्थन जनाएका छन यसमा सबैलाई धन्यवाद दिनै पर्दछ।

यसमा सिङ्गो देश तथा तिन करोड नेपालिको शिर ठाडो भएकोछ।र्राष्ट्रियताका पक्षमा सबै राजनीतिक दल,नागरिक समाजका अगुवा,सामाजिक अभियन्तामा लागेका अभियान्ता,मिडियाकर्मी,व्यावसायिक तथा सिङ्गो देश एकजुट भएका बेला दुई तिहाइको बलियो सरकार लाई सबै राजनीतिक दल र जनताको साथ र समर्थ पाएका बेला सरकारले खुट्टा कमाउने काम कदापि गर्नु हुदैन,कुटनैतिक पहल बाट यो समस्याको समाधान गर्दै आफ्नु भुमी फिर्ता ल्याउन सरकारले महत्त्वपूर्ण भुमिका खेलोस यो सरकारका लागि पनि महत्त्वपूर्ण विषय हो।

त्यसकारण बिश्वमा रहेका नेपालि हरुले आफ्नो समस्या समयोचित निर्णय,सबैको सहभागिता,जागरुकता,आपसी मेलमिलाप,र परिवर्तन काललाई चिन्न आवश्यक देखिन्छ।
के हामी यस्तो रासट्र निर्माणको कार्यमा सहभागी बन्न तयार छौ त हुन पनि आवश्यकता हुन गएकोछ।यो अवस्थामा रास्ट्र बिकासको मुलप्रवाहमा सबैलाई सम्मान रुपले सहभागी बन्ने अवसर प्रदान गर्नुका साथै जनताको मनोबल ,मुल्य मान्यता र नैतिक शक्ति बढाउने बाताबरण शृजित गर्नु पर्ने भएकोछ।

देशको बिकास,संरचना,कानुनको शासन,संसद प्रती उत्तर दायी,सरकारले प्रतिगामनकारी माथिको रोक शिक्षामा समान अवसर,उपलब्धिमा हक,संविधान माथी गरिने प्रहारमा रोक,मानव अधिकार संरक्षण उर्लिएको जनजागरुकता लाई सहि मार्ग अपनाएर चल्नु पर्ने सरकारको अहिलेको आवश्यकता हो।
अहिले नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाइको बलियो सरकार बनेकोछ जनताले शुखी नेपाली समरुद्ध नेपालको नारा बोकेर साबिक नेकपा (एमाले) साबिक नेकापा माओवादी (केन्द्र )लाई जनताले यो गठबन्धन लाई दुई तिहाईको सरकार बनाउने अवसर प्रदान गरेका छन यस्तो अवसर युगौयुग सम्म कहिले आउने छैन।

यो जनताले दिएको जनादेश लाई नेताहरूको अहंकारले न पचाई सक्ने स्थितिमा देखिदैछ।आफुलाई मात्रै सर्बेसर्वा मान्ने नेताहरू आफ्नै अहंकारको घमण्डले पछि पर्दैछ्न।कम्युनिष्ट पार्टी विधि,बिधान,बिचार र पद्धति बाट चल्ने पार्टी हो त्यसैले गुटगत रुपमा राजनिती गर्ने बरिस्ठ नेताहरुले आफ्नो पद र कुर्सीको लडाइँमा दोस्रो तह र तेस्रो तहका नेताकार्यकर्ता लाई लडाइँ राख्ने काम पार्टीका निम्ति घातक हो त्यसकारण नेताकोहरुको पद प्रमुख विषय होइन तर रास्ट्र र जनताको भबिस्य स्थापित गर्ने एतिहासिक जिम्मेवारी हो।त्यसर्थ आफ्नो त्यो अहंकार लाई जिम्मेवारी पाएका नेताहरूले त्याग्नु पर्दछ।

अन्तमा
म नेकपाको भातृ संगठन प्रनेस भारतमा आवद्ध भएका कारण प्रवासी नेपाली हरुका हक,हित र अन्तर्राष्ट्रिय अधिकार प्राप्तिका निम्ति सहि निर्णय लिन बर्तमान सरकारले महत्त्वपूर्ण भुमिका खेल्नु पर्दछ।विभिन्न राजनीतिक दलका कृयाशिल संगठनहरु आ-आफ्ना अधिकारका लागि लडिरहेका छन।त्यसकारण प्रवासी नेपालिहरु लाई लाहुरेको रुपमा मात्रै न ठानियोस देशको आधा अर्थब्यबस्था नै भारत लगायत अन्य मुलुकमा बिदेशीयका लाखौं लाख नेपालीहरुले श्रम बेचेर कमाएको रेमिटेन्स बाट आधा नेपाल भोक र भुमरी बाट बाचेकोछ भन्ने कुराको हेक्का हुनु पर्छ सरकारलाई।

हामी प्रवासिहरु नेपालमा उत्पन्न हुने समस्या हरुमा हाम्रो त्यतिकै सहभागिता रहेको छ र योगदान पनि दिएकाछौ।चाहे त्यो २४० बर्ष सम्मन जडा गाडेर बसेको निरंकुश राजतन्त्र फाल्दा होस।२०४७ सालको प्रजातान्त्रिक आन्दोलन होस।२०६२-६३को संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलन होस नेपालमा आउने जतिपनी दैबी प्रकोप माहामारी,वाढिपहिरो होस,भुकुम्प होस या बर्तमानमा बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) जस्तो

रोगले आत्रान्क बनाएका बेला प्रवासी नेपालिहरुले खेलेको भुमिकाको मुल्यांकन गर्नु पनि बर्तमान सरकारको दाइत्त्व हो।यी सबै निर्णयलाई कार्यन्वयन गर्न सकियो भने भारत लगायत अन्य मुलुकमा बस्ने नेपालिहरुको समस्या समाधान गर्न सकिन्छ भन्ने ठान्दछु।

लेखक-
डि.एम.बुढा (हिमाल )
प्रवासी नेपाली संघ भारत,
महारास्ट्र गुजरात सयुक्त राज्य सचीव ।