पहिलोपटक वाणी हस्पिटलमा सफल शल्यक्रिया

 सुदुर दैनिक संवाददाता    २०७७, १८ श्रावण आईतवार २१:१२     206 जनाले पढ़िसके


कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका वाणीमा सञ्चालित वाणी हस्पिटलले पहिलोपटक सफल शल्यक्रिया गरेको छ । शनिवार स्थानीय ६७ वर्षीय जेष्ठ नागरिकको हर्नियाको सफल शल्यक्रिया भएक‍ो अस्पताल श्रोतले जनाएको छ ।

नयाँ टिम र व्यवस्थापन सहित अत्याधुनिक उपकरणद्वारा अस्पतालले स्थानीय स्तरमै विशेषज्ञ सेवा प्रदान गर्दै आएको अस्पतालका डाइरेक्टर यज्ञ खड्काले बताए ।

स्थानीय स्तरमै विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले भर्खरै सञ्चालित अस्पतालले जटिल प्रकृतिका रोगका विरामीहरुलाई ५० प्रतिशत छुटमा उपचार गराइरहेको उनले बताएका छन् । उनका अनुसार आर्थिक विपन्नहरुलाई अस्पतालले अझ विशेष सेवा दिइरहेको छ ।