प्रधानमन्त्री ओली लगायतलाई भेटेर फर्किएका कानुनमन्त्रीलाई कोरोना भएको पुष्टि

 सुदुर दैनिक संवाददाता    २०७७, २२ श्रावण बिहीबार १३:०७     276 जनाले पढ़िसके


काठमाडौं । प्रदेश २ मा उच्च पदस्थहरुलाई पनि कोरोनाले छोएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादव पनि कोरोना संक्रमित भएका छन् । यस अघि एक जना मेयर पनि कोरोना पुष्टि भएर काठमाडौंमै छन् । कानुनमन्त्री यादवको कोरोनाको रिपोर्ट बुधवार आएको हो ।

बुधबार साँझ आएको कोरोना परीक्षण रिपोर्टअनुसार यादवमा कोरोना पुष्टि भएको मन्त्रालय स्रोतले जनाएको छ। बुधबार मात्र आन्तरिक मामिला तथा कानुन मन्त्रालयकै ८ जना कर्मचारी संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको थियो।

कोरोना संक्रमित भएपछि मन्त्री यादव आफ्नै घरमै आइसोलेसनमा बसेन छन्। झण्डै एक हप्ताअघि मन्त्री यादव काठमााडैंमा प्रधानमन्त्री केपी शर्मा ओली लगायतसंग उच्चस्तरीय भेटघाट गरेर प्रदेश फर्किएका थिए।

यो अर्को समाचार, सिरहाको मिर्चैया नगरपालिकामा कोरोनाको थप जोखिम हुन नदिन लकडाउन गरिएको छ। नगरपालिकाको वडा नम्बर ६ का ३ जनामा कोरोना सं’क्रम’ण पुष्टि भएपछि बिहीबार (आज) देखि यही साउन ३२ गतेसम्म लकडाउनको घोषणा गरिएको हो।

नगरपालिकामा बसेको आपत्कालीन बैठकले १० दिनका लागि लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख प्रमुख श्रवण यादवले जानकारी दिए। नगरपालिकाले घरमै बसेर लकडाउनको पालना गर्न नगरवासीसंँग आग्रह गरेको छ।

यसैबीच कोरोना सं’क्रम’ण पुष्टि भएको १६ दिनमा राजविराज नगरपालिका–८ का एक दम्पती संक्रमणलाई जित्न सफल भएका छन्। होम आइसोलेसनमा बसेका राजविराज ८ स्थित सफटेक कलेज अफ इञ्जिनीयरिङ कलेजका प्रबन्ध निर्देशक ३७ वर्षीय प्रमोद यादव र उनकी ३२ वर्षीया श्रीमती बिन्दाले कोरोनालाई जितेका हुन्।