जसपाको प्रधानमन्त्री माथि गम्भिर निर्णय : ओली ‘मानसिक दृष्टिले अत्यन्तै कमजोर’

 सुदुर दैनिक संवाददाता    २०७७, २६ श्रावण सोमबार १५:५८     269 जनाले पढ़िसके


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका बारेमा गम्भिर टिप्पणी गरेको छ । पार्टीको बैठकले नै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारे गम्भिर निष्कर्ष निकालेको छ ।

केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे कडा टिप्पणी गरेको हो । जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको नेतृत्वमा बसेको चार दिने बैठकले प्रधानमन्त्रीको मानसिक तथा शारीरिक स्वास्थ्यबारे गम्भिर टिप्पणी गरेको हो ।

‘बैठक पछि जारी विज्ञप्तीमा नै यस्तो गम्भिर कुरा उल्लेख गरिएको छ । बक्तब्यमा लेखिएको छ, वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गरी मुलुकमा अहिले कोभिड–१९ को महाविपत्तिबाट मुक्त भई नसकेको अवस्थामा केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको छ’ ।

मुलुकले अहिले भोगीरहेको कोरोनाको कहरका बीच प्रधानमन्त्री त्यस प्रति सम्बेदनशिल हुनुको साटो प्रधानमन्त्री ओली अध्यादेश ल्याएर देशमा पार्टी विभाजन गर्नेतर्फ अग्रसर भएको आरोप लगाएको छ । त्यस्तै प्रतिपक्षलाई भूमिका विहीन गराउने किसिमबाट अधिनायवादी चरित्र देखाएको आरोप सो पार्टीले लगाएको छ ।

संविधान संशोधन गर्ने सम्बन्धमा आफुहरुसंग गरेको सहमति नगरी सरकार टिकाउन हरेक हथकण्डा अपनाएको उल्लेख गरिएको छ । पार्टीले राष्ट्रियता जस्तो विषयलाई भारतसँग जोड्ने वालापन देखाएको आरोप समेत लगाएको छ ।

नागरिकता सम्बन्धी विधेयकमा लैंगिक विभेद भएको र भारत लगायतका देशसँगको पारिवारिक, सामाजिक, धार्मिक, सांस्कृतिक सम्बन्ध विगार्ने काम भएको बैठकले ठहर गरेको छ । बैठकले सांसद रेशम चौधरी लगायतका मधेश÷थरुहट आन्दोलनका बन्दीहरूलाई रिहा गर्न माग गरेको छ । ताजा खबर