गोंगबु घटनाकी महिला सार्वजनिक (भिडियो)

 सुदुर दैनिक संवाददाता    २०७७, २७ श्रावण मंगलवार १४:३०     1076 जनाले पढ़िसके


काठमाडौं । काठमाडौंको गोंगबुमा गत आइतबार भएको घटनामा संलग्न रहेको आरोपमा चितवनबाट पक्राउ परेकी महिलामाथि अनुसन्धान सुरु गरिएको छ । दाङ घर भई काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहरालाई कल्पना मुडभरी (पौडेल) ले दहीमा निदाउने औसधि खु’वाएर ल’ठ्याएपछि घटना घटाईएको पाइएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिएको छ । आरोपित महिला कल्पना र उनकी १५ वर्षीया छोरीलाई मंगलबार बिहान काठमाडौं ल्याई प्रहरीले टोखा नगरपालिकाको नवज्योती मार्गमा गरिएको घरमै लगेर बयान लिएको छ ।

बयानकै क्रममा ती महिलाले बोहोराको ह त्या गरेको र श-व व्यवस्थापनमा छोरीले सहयोग गरेको खुलेको छ । ती महिला विगत ४ वर्षदेखि घटनास्थलबाट केही मिटर पर रहेकोे किरण बस्नेतको घरको तेस्रो तल्लामा आफ्नी एक छोरी र एक छोरासँग बस्दै आएकी थिइन । ती महिलाका श्रीमान भने खाडी मुलुकमा रहेको र ठुली छोरीको भने विवाह भइसकेको छ । शव ब्यबस्थापनपछि आमा छोरी एम्बुलेन्स भाडामा लिई चितवन पुगेको खुलासा भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

महिला र मृ’त’कबीचको सम्बन्ध के थियो ?

प्रहरीको अनुसन्धानबाट पक्राउ परेकी महिला र मृ’त’कबीच प्रेम सम्बन्ध रहेको पाइएको छ । श्रीमान वैदेशिक रोजगारीमा गएकी ती महिला र ह त्या गरिएका पुरुषबीच लामो समयदेखि चिनजान थियो । उनीहरु बेला बेलामा एक अर्काको कोठामा आउजाउ समेत गर्थे ।

उनीहरुबीच यौ न सम्बन्ध समेत रहेको प्रहरी स्रोतको जनाएको छ । मृ’तक बोहोराले कल्पनाकी १५ वर्षीया छोरीलाई समेत ‘आखा लगाएपछि’ उनले य’स्तो योजना बनाएको खुलेको छ । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कल्पना र कृष्णबहादुरबीच तीन-चार वर्षअघि फेसबुकबाट चिनजान भएको थियो। चिनजानपछि उनीहरू नजिक भए। ‘पछि कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर महिलाका नि-र्वस्त्र त’स्बिरहरू राख्न थालेको उनले बताएकी छन्।’