ओली र प्रचण्डको प्रोफाइल फोटोमा ‘जस्टिस फर निर्मला’ कमेन्टको वर्षा

 सुदुर दैनिक संवाददाता    २०७७, ३२ श्रावण आईतवार १४:५२     224 जनाले पढ़िसके


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फेसबुक पेजको प्रोफाइल फोटोमा अचानक कमेण्ट गर्ने ट्रेण्ड आएको छ ।

‘जस्टिस फर निर्मला’ भन्ने नारासहित दुई नेताहरुको प्रोफाइल फोटोमा कमेण्टको वर्षा भइरहेका छन् ।

दुई शीर्ष नेताहरुको प्रोफाइल फोटोमा हजारौं कमेण्ट भइसकेको छ ।

दुई नेताको प्रोफाइल फोटोमा कमेण्टकै क्रममा नेपाल प्रहरी र गृहमन्त्रालयको फेसबुक पेजमा समेत कमेण्ट हुन थालेको छ । त्यहाँ पनि हजारौं कमेण्टका वर्षा भइरहेका छन् ।