कञ्चनपुरमा पनि आज राति देखि निषेधाज्ञा

 सुदुर दैनिक संवाददाता    २०७७, ४ भाद्र बिहीबार १९:१८     196 जनाले पढ़िसके


सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा बिहिवार(आज) राति १२ बजेदेखि १४ गतेसम्मका लागि आशिंक निषेधाज्ञा जारी हुँदैछ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले संक्रामक रोग र स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गर्न लागिएको बताए। आज मध्यरातिदेखि १४ गतेसम्म अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न पाइने छैन्।

जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक सवारीसाधन जोर बिजोरका आधारमा सञ्चालन गर्न पाइने छ भने औषधि, खाद्यान्न, तरकारी, दुध, फलफूल, माछा, मासु लगायत अत्यावश्यक बस्तुहरुका किन्न मात्रै सवारी साधन प्रयोग गर्न पाइने छ।

शैक्षिक सस्था, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर, भाषा कक्षा सञ्चालन गर्न नपाउने भएको छ भने सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी, प्यालेस, डिपार्टमेन्ट स्टोर, मनोरञ्जन स्थल, सैलुन, ब्यूटीपार्लर, स्वीमीङ पुल, जिमखाना, पुस्तकालय, संग्रहालय, सञ्चालन गर्न पाइने छैन्।

शैक्षिक सस्था, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर, भाषा कक्षा सञ्चालन गर्न नपाउने भएको छ भने सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी, प्यालेस, डिपार्टमेन्ट स्टोर, मनोरञ्जन स्थल, सैलुन, ब्यूटीपार्लर, स्वीमीङ पुल, जिमखाना, पुस्तकालय, संग्रहालय, सञ्चालन गर्न पाईने छैन् ।

ठेला व्यवसाय सञ्चालन गर्न पनि रोक लगाईएको छ भने होटल रेष्टुरा सञ्चालन गर्न नपाउने भएको छ।