~~~नारी सशक्तीकरणको पर्व तीज~~~

 सुदुर दैनिक संवाददाता    २०७७, ५ भाद्र शुक्रबार ०९:२५     135 जनाले पढ़िसके


नेपाली नारीहरूको महान पर्व तीज सुरु भैसकेको छ। देश – विदेश, सुगम र दुर्गम स्थानबाट चेलीहरू आ – आफ्नो जन्मघरमा आउने जाने क्रम बढ्दो छ। नारी शक्तिमा खुसियालीको बहार ल्याउने पर्वले वर्षौं देखि टाढिएका परिवारलाई एकआपसमा संयोजन गरी पारिवारिक र सामाजिक प्रेम प्रदान गर्दै पुनर्मिलन गराएको छ। सांगीतिक माहोलले वर्षाऋतुलाई पुलकित पार्दै समाज व्यवस्थापन र परिवर्तनलाई शब्द र संगीतका माध्यमबाट आह्वान गरेको छ।

” यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः ” जहाँ नारीशक्तिको सम्मान हुन्छ त्यहाँ देवताहरू पनि प्रसन्न हुन्छन् भन्दै मातृशक्ति प्रति उच्च सम्मान प्रदान गर्ने पर्वका रुपमा तीजलाई लिइन्छ।


भाद्रशुक्ल तृतीयाका दिन मनाइने तीजका बारेमा शास्त्रहरूमा विशद रुपमा वर्णन गरिएको छ। प्रतिपदा देखि पञ्चमीका दिन सम्म मनाइने यो पर्व नेपालीहरूको महान् पर्व हो। विशेष गरी पाँच दिन सम्म पवित्र रही बडो हर्षोल्लास र निष्ठाका साथ मनाउने यस पर्वलाई हरितालिकाका नामले चिनिन्छ भने तृतीया तिथिका दिन मनाइने हुनाले यस पर्वलाई आम भाषामा तीज पनि भनिन्छ।

पौराणिक आख्यान र संकथनका आधारमा प्राचीन कालदेखि नै यो पर्व मनाउँदै आइएको पाइन्छ। विवाहीता नारीको ब्रह्मचर्यता र शारीरिक पवित्रा कायम होस् भन्नका लागि जन्म घर माइत गई आफ्नू बाबाआमा र दाजुभाइको साथ र काखमा रही व्रत बस्ने परम्परा रहेको छ। पर्व व्यवस्थापनका लागि घरमा रहेका पुरुषहरू सक्रिय हुनुपर्दछ। यो पर्व नारी जातिमा मात्र सीमित रहेको देखिएता पनि पुरुषहरूका लागि पनि त्यति नै महत्वपूर्ण र अनिवार्य छ।

पतिले आफ्नी अर्धाङ्गिनीको व्रत सफलताका लागि सात्विक आहारका साथ व्रत बस्नु पर्दछ। महिलाले आफू र पतिको दीर्घायुका साथै पारिवारिक सुख शान्ति र समृद्धीका लागि व्रत बस्दछन् भने अविवाहिता नारीहरू असल वर प्राप्तिका साथै शैक्षिक उन्नती र प्रगतिका लागि तीजको व्रत बस्ने गर्दछन्। यो पर्व केवल नेपाली महिलाहरूको निजी र मौलिक पर्व हो।

विश्वभरी जहाँ – जहाँ नेपालीहरू फैलिएर बसोवास गर्दछन् , ती ठाउँहरूमा बडो उमङ्गका साथ यो पर्व मनाइने गरिन्छ। यो पर्व संगीत प्रधान भएकोले नेपालीहरूको रुची बढ्नु स्वभाविक नै हो। यसरी लामो समयसम्म मनाइने पर्वको अन्तिम दिनलाई ऋषिपञ्चमी भनिन्छ। सोही दिन सप्तऋषिहरूको पूजागर्दै यो व्रतानुष्ठान पुराहुन पुग्दछ।

परापूर्वकालदेखि प्रचलनमा आएको तीज पार्वतीद्वारा आदिदेव महादेव शिवलाई पतिका रुपमा प्राप्त गर्नका लागि गरिएको त्याग , तपस्या र संघर्ष सहित लामो समयको प्रतिफल हो। पार्वती शैशवकाल देखि नै शिवभक्तिमा लीन थिइन्। पूर्वजन्ममा सतीदेवी हुँदा महादेवसँगको वियोगान्त र पुनर्जन्म पछिको पुनर्मीलनका लागि शिव प्रतिको आकर्षण र आशक्ति पार्वतीमा हुनु स्वभाविकै थियो। बढ्दो उमेरसँगै हिमालय र मेनकाले छोरी पार्वतीको विवाह भगवान विष्णुसँग गरिदिने निश्चय गरे र विवाहको तयारी पुरा भयो।

साथी – संगिनीहरूबाट विवाहको खबर सुनी व्याकुल भएकी पार्वतीलाई उनका साथीहरूले ” आलिका – साथीहरूबाट, हरित – हरण गरिएकी वा भएकी ” घना जङ्गलमा लगी लुकाई राखे। भगवान विष्णुले शिवको आराधनामा तल्लीन पार्वतीलाई हिमालयले आफूलाई कन्यादान गर्न चाहेको कुरा बताए। विष्णुका कुरा सुनी विचलनमा आएकी पार्वतीले मन, वचन र कर्मले आफू शिवबाट अलग हुन नसक्ने विचार व्यक्त गरिन्। पार्वतीको मनोभाव बुझेका विष्णुले शिव प्राप्तिका लागि शिवलिङ्ग बनाई पूजा गरेमा शिवको साक्षात्कार गर्न सकिने विधि बताए।

सोही विधि अनुसारको तपस्याबाट प्रभावित भई परीक्षाका लागि जोगीको भेषमा आएका महादेवले तिम्रो लागि श्रेष्ठ वर शिव भन्दा विष्णु नै हुनसक्ने विषय सुझाए। शिव प्रेममा लीन भएकी पार्वतीको अटल विश्वास र प्रतिज्ञाबाट प्रभावित भएका जोगीभेषधारी शिव आफ्नो स्वरुपमा आई पार्वतीलाई दर्शन दिने काम गरे। यसरी पार्वतीले भाद्रशुक्ल तृतीयाका दिन शिवलिङ्ग बनाई विधिपूर्वक अर्चना गरी महादेवलाई साक्षात्कार गरेको आधारमा यो पर्व अविच्छिन्न रुपमा अगाडि बढ्दै लोकप्रिय बन्न पुग्यो।

पाँच दिन सम्म मनाइने यो पर्व निर्विघ्नतापूर्वक अगाडि बढोस् भन्नका लागि पूर्वतयारी स्वरुप प्रतिपदाका दिन आवश्यक पर्ने पूजासामग्री र दरका लागि आवश्यक पर्ने भोज्य सामग्री संकलन गर्नुपर्दछ। सात्विक प्रधान पूजा भएकोले सामग्री पनि सत्वप्रधान अन्तर्गतका हुनुपर्दछ।
द्वितीयाका दिन मांस-मदिरा रहित गरिष्ठ , अपाच्य खालका खानेकुरा वर्जित गरी पौष्टिकताले युक्त दूग्धजन्य पदार्थ , विषादी रहित फलफूल र तरकारी, मिसावट नभएका मिष्ठान्न आदि गरिएका परिकारहरू तयार गर्नुपर्दछ।

मध्यरातको समयमा सुपाच्य, अडिलो र दरीलो दर खाई तीजको व्रत बस्नुपर्ने भएकोले यो दिनलाई दरखाने दिन भनिन्छ । व्रतालुको अवस्था हरेर व्रतविधान गरिएको छ। केही पनि नखाई बसिने व्रतलाई निराहार। जलपान गरिने बसिने व्रतलाई जलाहार । फलफूल ग्रहण गरी बसिने व्रतलाई फलाहार र दिनभरी व्रत बसी रात्रिको समयमा एक छाक मात्र भोजन गर्नेलाई नक्तभोजीको संज्ञा दिइएको छ। शक्ति र सामर्थ्यका आधारमा बसिने व्रतको समय अहोरात्र गरी चौबिस घण्टाको हुनपुग्दछ। तीजका दिन दिनभर व्रत बसी सायंकालीन समयमा आचारनिष्ठ ब्राह्मणद्वारा आराध्यदेव उमामहेश्वरको पूजा र उपासना गरी चतुर्थीका दिन बिहानै तीजव्रतको बिसर्जन गरिन्छ।

प्रातः कालीन समयमा प्रत्यक्ष देवताका रुपमा उदीयमान सूर्यलाई पूजा गर्दै गोबरको कुण्ड बनाई अर्घ दिने काम गरिन्छ। तीज व्रतको विसर्जन र सम्पूर्णताका लागि पुनः व्रतपारायण गर्दै अगस्तिऋषि सहित राजपुत्री लोपामुद्राको काँस, कुस, दूबो, फूल आदि वनस्पतिहरूबाट पूजा गरिन्छ।

सप्तर्षी पूजाको सामग्री तयारीका साथ पञ्चमीका दिन सबेरै नजिकको जलाशयमा गई दतिउनका ३६५ वटा टुक्रा प्रयोग गरी दाँत माझ्दै गोबर, तुलसी वा अमलाको फेंदको माटो, खरानी जीउमा लेपन गर्दै चालनामा पानी राखी सहस्रधाराले स्नान गर्दै विभिन्न खालका फूल, दतिउँन , कुश र दूबोले आफूलाई अभिषेक गरिन्छ। बिहानीको स्नान पछि मध्यान्हको समयमा शक्तिस्वरूपा

लेखक – बिष्णु प्रशाद पोख्रेलप्रधानाध्यापक नेपाल वेद बिध्याश्रम, गौसला काठमाडौ