सक्दो भोट गरेर प्रविन बेडवाल लाइ नेपाल आइडल बिजेता बनाउ

 सुदुर दैनिक संवाददाता    २०७७, ११ भाद्र बिहीबार १३:३०     118 जनाले पढ़िसके


नेपाली टेलिभिजन इतिहासकै सबैभन्दा ठूलो गायन रियालीटी सो ‘नेपाल आइडल’को तेश्रो संस्करणको अन्तिम चरणमा पुगेको छ । फाइनल बिजेताको लागि शुक्रबार साँझ ५ बजेसम्म भोटिङ खुलिसकेकोले नेपाल आईडल सिजन ३ को फाइनलमा श्री प्रविन बेडवाल लाइ मतदान गरि बिजेता बनाऊ ।

🙏❣️🙏😇❣️🙏
Good Afternoon Everyone.
Have A Pleasant Time.
🙏🙏🙏🙏🙏🙏🙏🙏
मेरा प्यारा अनि आदरणीय दर्शक तथा श्रोताहरुको मायाले म नतमस्तक छु । सामाजिक संजाल, विशेषगरी फेसबुकमार्फत यहाँहरुले मेरो समर्थन जसरी गरिरहनुभएको छ, त्यसले मप्रति यहाँहरुले दर्शाउनुभएको प्रेम झल्किएको छ । म नेपाल आइडल ३ को विजेता बनेको देख्न चाहने लाखौँ शुभेच्छुकहरुको साथले मेरो मनमा खुशीको बहार छाएको छ । आइडलको उपाधी जित्ने मेरो सपनामा यहाँहरुको चाहना मिसिएको छ । र त मलाई साथ र समर्थनसँगै अमूल्य भोट पनि गरिरहनुभएको छ । र अझै पनि भोटको जरुरी त छ नै, त्यसका लागि यहाँहरुले जसरी प्रचार गर्नुभएको छ, जसरी भोटको अभियान चलाउनुभएको छ, अनि जसरी मलाई विजेता बन्न योग्य प्रतिस्पर्धी भनेर दावी गरिरहनुभएको छ, यो मेरो जीवनकै अमूल्य सम्पत्ति हो । मेरो सांगितिक जीवनको संघर्षपूर्ण यात्रामा कुनै दिन दर्शक श्रोताहरुको यति धेरै माया पाउँछु भनेर सोचेको पनि थिइन । त्यसैले आज जे जति उपलब्धि हासिल गरेको छु, त्यसले मलाई हौसला र प्रेरणा प्रदान गर्नुका साथै जिम्मेवारीवोध गराएको छ । र पनि यो समयमा यहाँसँग मैले भोटका लागि अपिल त गर्नैपर्छ । अहिलेसम्म जसजसले भोट गरिसक्नुभयो, उहाँहरुलाई नमन टक्र्याउन चाहन्छु । जसजसे भोट गर्न भ्याउनुभएको छैन, उहाँहरुलाई पनि भोट गरेर मेरो यात्राको सारथी बनिदिनुहुन विनम्र अनुरोध गर्दछु ।
भोट गर्ने समय भोलि शुक्रबार अन्तिम हो । त्यसैले भोलि साँझ ५ बजेसम्म जतिसक्दो धेरै भोट गरिदिनुहुन विन्ति चढाउँछु । तपाई दर्शक श्रोताहरुको भोट नै मेरो सफलताको आधार हो भन्ने कुरा मैले जीवनभर भुल्ने छैन । धन्यवाद ।
मलाई भोट गर्ने तरिका : नेपाल भित्रको दर्शकले आफ्नो मोबाइलमा NI 09 टाइप गरि 37000 मा पठाउन सक्नुहुनेछ वा 16667709 मा Dial गरि आफ्नो मत दिन सक्नुहुनेछ।
यसैगरि भारतमा (Vodafone) प्रयोगकर्ताले 53010 मा कतारमा (Oredoo) प्रयोगकर्ताले 92300 मा मलेसियामा (All Tetecos) प्रयोगकर्ताले 33310 मा SMS गरि Vote गर्न सक्नुहुनेछ। For Online Voting Download Respect and Rise or Esewa app.

Thank You So Much From My Heart.
🙏😇🙏😇🙏😇🙏😇🙏😇🙏😇🙏