घुम्थाङको नागपुजेमा गएराती खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरियो १३ जना सम्पर्कविहिन ।

 सुदुर दैनिक संवाददाता    २०७७, २८ भाद्र आईतवार ०७:०७     58 जनाले पढ़िसके


सुशील सुबेदी, सिन्धुपाल्चोक – सीन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराती खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको खबर छ । स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन् ।

आज बिहान झरेको पहिरोले ती घर पुरिंदा १३ जना सम्पर्कविहिन छन् । घटनास्थल बाह्रबिसेदेखि १७ किलोमिटर उत्तरतर्फ पर्दछ । घटनाको बिस्तृत बिवरण आउन बाँकी छ ।

त्यस्तै जुगल गाउँपालिका ५ चनौटेमा पहिरो जाँदा केही घर हरु पुरिएको छ मानविय मानवीय क्षती नभएको बताइएको छ । घटना थाहुने बितिकै प्रहरी घटना स्थल तर्फ लागेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो ।