कुलमानको कार्यकाल सकियो, प्रधानमन्त्री ओलीले कुलमानलाई भेट्न पनि चाहेनन्

 सुदुर दैनिक संवाददाता    २०७७, २९ भाद्र सोमबार ०८:१५     264 जनाले पढ़िसके


काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि आज देखि सकियो । उनलाई सरकारले पुन नियुक्ति दिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहेकै कारण कुलमान नदोरिएका हुन् ।

उनले प्रधानमन्त्रीलाई धेरै पटक भेट गर्न समेत चाहेका थिए । तर ओलीले उनलाई भेट गर्ने समय पनि दिएनन् । कार्यकाल नसकिदै पुन नियुक्ति नभएका कारण अब उनी अर्को कार्यकालका लागि नियुक्त हुन नयाँ प्रक्रियामा जानुपर्ने हुन्छ । जसको सम्भावना सकिएको छ ।

सरकारले कुलमानलाई निरन्तरता नदिने संकेत यसअघि नै गरेको थियो । सामाजिक सञ्जालहरुमा कुलमानलाई नै पुन कार्यकारी निर्देशक बनाउनुपर्ने माग उठको थियो । त्यो मागलाई प्रधानमन्त्री ओलीले प्रयोजित भन्दै टिप्प्णी गरेको बुझिएको छ । उनको पुन नियुक्ति धकेल्नकै लागि गत हप्ता मन्त्रिपरिषदको बैठक नै बसालिएन ।

कुलमानको चार वर्षे पदावधि सकिएलगत्तै उनीपछिका व्यक्तिले कामु कार्यकारी निर्देशको जिम्मेवारी पाउने सम्भावना छ । कामुलाई नै निर्देशक बनाउने पक्षमा उर्जा मन्त्री समेत देखिएका थिए ।

तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दववाका कारण वर्षमान पुन कुलमानलाई सिफारिस गर्न राजि भएका थिए । तर मन्त्रीपरिषद बैठक नबसेका कारण त्यो सम्भावना पनि सकियो । अब कसलाई कार्यकारी निर्देशक बनाइनेछ स्पष्ट भएको छैन ।

घिसिङले प्राधिकरणमा कार्यकारी निर्देशकमा निरन्तरता नपाउनुमा प्रधानमन्त्री केपी शर्मा ओली सहमत नहुनु हो । नेकपा अध्यक्ष प्रचण्ड घिसिङलाई नै निरन्तरता दिनुपर्ने पक्षमा थिए । ऊर्जामन्त्री वर्षमान पुन कुलमानलाई पुनः नियुक्तिको प्रस्ताव ठिक्क पारेर बसेका थिए । ओलीले भने ग्रिन सिग्नल नै दिएनन् ।

सामाजिक सञ्जालमा कुलमान लोकप्रीय छन् । उनले लोडसेडिङ अन्त र विद्युत चुहावट कम गरको जस लिएका छन् । यत्रो लोकप्रीयता कमाएपनि घिसिङसँग बालुवाटार खुशी भएन । कुलमान घिसिङ २९ भदौ २०७३ मा चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ! ताजा खबर