श्राद्धको खाना खाएका एउटै टोलका १५ जना बिरामी, एक जनाको ज्यान गयो

 सुदुर दैनिक संवाददाता    २०७७, ३१ भाद्र बुधबार १९:०७     42 जनाले पढ़िसके


धनगडी । मानिसको निधन भएको दिनमा गरिने हिन्दु संस्कार श्राद्धमा खाना खाएका मध्य एक जनाको निधन भएको छ भने १५ जना बिरामी परेका छन् । कैलालीमा आफन्तको घरमा श्राद्ध खान गएका एकै टोलका १५ जना बिरामी परेका हुन् ।

विरामी मध्य गोदावरी नगरपालिका वडा नम्वर १० खमौराका सुरेश बोहराको निधन भएको हो । उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा निधन भएको हो । विरामी अन्य १५ जनाको अझै उपचार जारी छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले घटनावारे अनुसन्धान सुरु गरेको जनाएका छन् ।

विरामी मध्य तीन जनाको नवजीवन अस्पताल र दुई जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्यको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गोदावरी नगरपालिका वडा नम्वर १० का अध्यक्ष रविन्द्र शाहीका अनुसार २७ गते श्राद्धमा खाना खाएका उनीहरु बिरामी परेका हुन् । खाद्य विषाक्तताका कारण उनीहरु बिरामी परेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।