सरकार देश र जनताको काममा केन्द्रित छ : मन्त्री ढकाल

 सुदुर दैनिक संवाददाता    २०७७, १० आश्विन शनिबार २२:०३     47 जनाले पढ़िसके


काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले वर्तमान सरकार देश र जनताको काममा केन्द्रित रहेको बताएका छन् ।

१६ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस एवं बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१ औँ वार्षिकोत्सव समारोहलाई भर्चुल माध्यमबाट सम्बोधन गर्दै उनले सरकार कुरामाभन्दा पनि काममा विश्वास गरेर अघि बढिरहेको दावी गरे ।

उनले कोरोना भाइरसको विरूद्धमा मन, वचन र कर्मले काम गरिरहेका सम्पूर्णको कामप्रति उच्च सम्मान प्रकट गर्दै सरकार निरोगी नेपालको अभियान साकार पार्न केन्द्रित रहेको बताए ।