
कञ्चनपुरको कृष्णपुर नगरपालिका- २ वाणीमा होटेल रिभर साइड रेष्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको छ ।
कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्णबहादुर हमालले होटेलको बिहीबार उद्घाटन गरेका हुन् । प्रमुख अतिथि समेत रहेका हमालले ग्राहकहरुको मन जित्दै होटेल अगाडी बढ्ने कुरामा दुई मत नरहेको बताए ।
उनले भने,”पछिल्लो समय युवाहरु दुर्व्यसनीमा फसेका छन् तर केही युवाहरूको जोस, जाँगर र मिहिनेत निकै प्रेरणादायी छ ।” २५ लाखको लागतमा होटेल सञ्चालनमा आएको होटेल रिभर साइड रेष्टुरेन्ट एण्ड बारका सञ्चालक नरेश महराले बताए ।
“लज, रेष्टुरेण्ट तथा बारको सुविधा छ ।” होटेल सञ्चालक नरेश महराले भने, “मिटिङ हलको व्यवस्था पनि छ” ।