कसैबाट १ रुपै सहयोग नलिइ : संक्रमितको घरघरमा पुगेर सेवा गर्ने बाग्लुङकी ‘साहसी चेली’ नितु !

 सुदुर दैनिक संवाददाता    २०७८, २९ बैशाख बुधबार १२:२२     906 जनाले पढ़िसके


सं’कटको घडीमा मानव जातिको परीक्षा हुन्छ । भनिन्छ यु”द्धको बेलामा भाग्ने सिपाहीको कुनै काम हुँदैन । सिपाहीको पनि युद्ध’मा मात्रै परीक्षा हुन्छ । नर्सिङ पढाइ प‘रा गरेकी बाग्लुङकी २८ वर्षीया नितु खड्का यतिखेर आफ्नो पेशागत क्षमताको परीक्षामा ख’रो उत्रिएकी छन् ।

कोरोना भाइरस फैलिनुअघि उनी स्वास्थ्य सुविधाको प्रत्यक्ष पहुँचबाट वञ्चित रहेका ग्रामीण क्षेत्रका बासिन्दाको सेवा गर्दै परोपकारी काम गर्दै आएकी थिइन् । कोरोना गाउँगाउँसम्म पुगेपछि अब उनी भाइरससँगको ल’डा’इँमा प्रत्यक्ष हो’मि’एकी छन् । प्रशंसा नै गर्नुपर्ने गरी नितुले खास के गरिरहेकी छन् ? मुख्य प्रश्न यो हो । उनले कोरोनाको भयावह संकटमा कसैबाट १ रुपैयाँ पनि आर्थिक सहयोग नलिइकन आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर ‘होम आइसोलेसन’मा बसेका कोरोना संक्रमितलाई स्वस्फ‘र्त सेवा दिइरहेकी छन्, हेरचाह गरिरहेकी छन् ।

आफैंले किनेको पीपीई लगाएर उनी हरेक दिन संक्रमितका ‘भाइटल साइन’ चेकजाँच गर्ने, ब्लड प्रेसर, अक्सिजन लेबल हेर्ने जस्ता काम गर्दै आइरहेकी छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा उनले संक्रमितको मनोबल उच्च बनाउन सकारात्मक परामर्श दिँदै आएकी छन् । ‘एक जना ६० वर्षीय बुवाको बीपी (रक्तचाप) एकदम नराम्रो चरणमा थियो । मैले उहाँसँग ३० मिनेट कुराकानी गरे, त्यहीँबाट डाक्टरलाई पनि फोन गरेर सल्लाह दिएँ, बिस्तारै सबै नर्मल भयो,’ उनले भनिन्, ‘यस्तो बेला बिरामीलाई हौसला दिने मानिसको आवश्यकता हुन्छ, परिवारका सदस्यबाट समेत अलग्गै बस्नुपर्दा मानसिक तनाव हुनै नै भयो । पीपीई लगाएको मान्छे देख्ने बित्तिकै बिरामीको अनुहार उज्यालो हुन्छ ।’

किन घरघरमै पुगेर जोखिम मोलेको ? उनी भन्छिन्, ‘अहिले अस्पतालहरू भरिभराउ छन्, कोराना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । यस्तो परिस्थितिमा स्वास्थ्यकर्मीहरू एकप्रकारको युद्धमा सामेल भएका छन्, भाइरससँगको लडाइँमा निरन्तर लागेका छन् । मैले केवल सहयोग गरिरहेकी छु, यो मेरो खुशीको लागि हो, मेरो आत्मसन्तुष्टि हो ।’

आफ‘ पनि संक्रमित हुन्छु कि भन्ने डर लाग्ने गरे पनि सुरक्षित भएर सेवा दिइरहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘प्राणी चोला एकदिन मर्ने नै हो तर अरुलाई बचाउँदै गर्दा मर्नुको महत्त्व अर्कै छ । मेरो काम हेर्दा सामान्य देखिनसक्छ तर मेरो लागि यो महत्त्वप‘र्ण छ । कसैले यसो गर भनेको सिकाएर, फकाएर गरेको पनि होइन, नाम कमाउन पनि होइन ।’