अध्यक्ष कुवर द्वारा जन्मदिनमा प्रहरी लाइ स्वास्थ्य सामाग्री सहयोग

 सुदुर दैनिक संवाददाता    २०७८, ३१ बैशाख शुक्रबार १९:१६     262 जनाले पढ़िसके


कृष्णपुर-  विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम नियन्त्रणको लागि देशभर दोस्रो चरणको लकडाउन गरिएको छ ।

बढ्दो महामारीमा पनि फ्रंट लाइनमा उभिएर जनताको सेवामा लागि रहेका प्रहरी लाइ शुक्रबार राष्ट्रीय युवा सघं नेपाल कृष्णपुर नगर कमिटि अध्यक्ष बिकास जङ्ग कुवर द्वारा आफ्नो जन्म दिन को अवसर मा इलाका प्रहरि कार्यलय गुलरिया लाइ स्वास्थ्य सामाग्री प्रदान गरेका छन् ।

अध्यक्ष कुवरले जनताको सुरक्षामा खटिने प्रहरिनै स्वास्थ्य समग्रीको अभाबमा परेको देखेपछी सामग्री प्रदान गरेको बताए।

प्रहरी र जनता एक आपसमा साझेदारी गरि अगाडि बढनुपर्ने भएकोले रास्ट्रीय युवासंघ नेपालले यसरी सहयोग गर्ने अध्यक्ष कुवर ले प्रतिबद्ता गरे ।