कोरोना संक्रमणबाट आँखारोेग विशेषज्ञ प्राडा.पूज्यश्री कार्कीको निधन

 सुदुर दैनिक संवाददाता    २०७८, ५ जेष्ठ बुधबार १७:५३     545 जनाले पढ़िसके


काठमाडौं । भाइरस संक्रमणबाट आँखारोेग विशेषज्ञ प्राडा.पूज्यश्री कार्कीको निधन भएको छ । संक्रमण पुष्टि भएपछि डा.कार्कीको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो।

स्वास्थ्यमा समस्या बढ्दै गएपछि १० दिनदेखि आइसियूमा उपचारत डा. कार्कीको आज बिहान निधन भएको अस्पतालले जनाएको छ । उहाँ विगत एक दशकदेखि किष्ट मेडिकल कलेजमा आँखा रोग विभागको प्रमुखमा कार्यरत हुनुहुन्थ्यो । उहाँका श्रीमान् मिलेस सिजापती पनि डाक्टर नै हुनुहुन्छ । हेल्थपाटिबाट