धोकेवाज हुन्छन् यी ६ प्रकारका पुरुष, कतिबेला लात हान्छन् पत्तै हुँदैन

 सुदुर दैनिक संवाददाता    २०७८, १९ असार शनिबार १८:४८     163 जनाले पढ़िसके


काठमाडौँ । मानिसहरु सम्बन्धमा आएपछि मात्र चिनिन्छ। सामान्य चिनजान वा सामाजिक सञ्जालका कुराकानीकै भरमा मान्छे चिन्न गाह्रो हुन्छ।

कुन मान्छे सज्जन छ र कुन मान्छे गलत नियतको भन्ने कुरा बुझ्न निक्कै कठिन छ । यहाँ धोकेबाझ प्रकृतिका पुरुषका प्रकारबारे चर्चा गरिएको छ ।

१) आमासँग सम्बन्ध राम्रो नहुने
कुनै पनि पुरुषको सम्बन्ध आमासँग राम्रो छैन भने बुझ्नुस् त्यस्तो ब्यक्ति विश्वसनीय हुँदैन । यस्ता ब्यक्तिलले धोका दिन कत्ति बेर लाउँदैनन् । यस्ता ब्यक्तिले स्त्रीलाई सम्मान गर्न जान्दैनन् नत सम्मान गरेको नै बुझ्छन् ।

२) रहस्यमयी ब्यक्ति
यदि सबै कुरा आफूसँग गुपचुप राख्छ र सामान्य कुरा पनि भन्दैन भने त्यस्तो पुरुषसँग सचेत रहनुस् । यस्ता ब्यक्तिले तपाइँलाई कतिबेला लात हान्छन् चाल नै पाउनु हुन्न ।

यस्ता ब्यक्तिहरुको मोबाइल हतपति कसैले चलाउन पाउँदैन हेरी हाले पनि अधिकाँश समय मोबाइलको इनबक्स खाली हुन्छ । यस्ता ब्यक्ति राम्रो श्रोता त हुन्छन् तर आफ्नो केही भन्दैनन् ।

३) प्रेम होइन शारीरिकता
स्त्रीसँग सहजै नजिकिने र शारीरिक सम्बन्ध राख्न पनि माहिर तर प्रेमको कुरा आउने वित्तिकै उनीहरु पन्छिन्छन्। यस्ता पुरुष धोकेबाझ हुन्छन्।

४) अन्तिम समयमा आएर बाहाना
कुनै पनि पुरुषले अन्तिम समयमा आएर बहाना बनाउँछ र भेटघाट वा सेट भैसकेका कुरा समेत स्थगित गर्छ भने बुझ्नुस् उ विश्वास गर्न लायक छैन। यस्ता ब्यक्तिले राम्रो विकल्प भेट्ने वित्तिकै तपाइँलाई लात हान्छन् ।

५) चाहिने भन्दा बढी चासो
तपाइँका हरेक गतिविधीमा हरेक समय चासो राख्ने र तपाइँलाई नियन्त्रण गर्न खोज्ने पुरुषले तपाइँलाई कुन बेला छोड्छन् थाहा हुँदैन। यस्ता ब्यक्तिले आफू कहाँ गएको र के गरेको भन्दैनन् तर अरुले कहाँ गयो के गर्‍यो खुव चासो राख्छन्।

६) हरेक कुरा गोप्य
जुन पुरुषले हरेक कुरा गोप्य राख्छ र सम्बन्धको विषयमा समेत कसैलाई भन्दैन त्यस्ताले धोका दिन आइतबार कुर्दैनन्। यस्ता ब्यक्तिका स्त्रीसँग एकैपठक सम्बन्ध पनि हुन सक्छ । उनीहरुले जुनसुकै केटीसँग पनि फ्लर्ट गर्छन्।