स्पेनलाई हराउँदै इटाली फाईनलमा, आज हुँदै अर्को महा भिड्न्त ?

 सुदुर दैनिक संवाददाता    २०७८, २३ असार बुधबार ०७:३८     247 जनाले पढ़िसके


एजेन्सी । स्पेनलाई हराउँदै इटाली युरोकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डको लण्डनस्थित वेम्बले रंगशालामा आज बिहान सकिएको सेमिफाईनल खेलमा इटाली टाई बे्रेकरमा विजयी भयो । खेलको ६० औं मिनेटमा फेडेरिको किएसाले गोल गर्दै इटालीलाई अग्रता दिए ।

८० औं मिनेटमा अल्भारो मोराटाले स्पेनका लागि बराबरी गोल गरे । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुग्यो । अतिरिक्त समयमा पनि गोल नभएपछि खेलको छिनाफानो टाइब्रेकरबाट भएको हो ।

टाई ब्रेकरमा इटाली ४–२ ले विजयी भयो । स्पेनका मोराटाले गोल गर्न नसकेपछि इटालीको तर्फबाट अन्तिम प्रहार गर्न आएका जर्जीनोले खेलको निर्णायक गोल गरे । इटालीले अब फाईनलमा इंग्ल्याण्ड र डेनमार्कबिच आज हुने दोस्रो सेमिफाईनल खेलको विजेतासँग खेल्नेछ ।