अमेरिकाको दुई शहरबाट नेपाली बैज्ञानिक डा.महाविर पुनलाई उच्च सम्मान !

 सुदुर दैनिक संवाददाता    २०७८, २४ असार बिहीबार १५:४५     573 जनाले पढ़िसके


ओहायो, अमेरिका। अमेरिकाको ओहायो राज्यका दुई शहरका मेयरहरुले नेपाली बैज्ञानिक डा.महाविर पुनलाई सम्मान गरेका छन्।आफ्नो शहरका तर्फबाट प्रोक्लामेसन पत्र हस्तान्तरण गर्दै दुई मेयरहरुले सामाजिक कार्यमा डा.पुनकोयोगदानप्रति उच्च सम्मान व्यक्त गरेका हुन्। उनीहरु दुबैले जुलाई ६ तारिकमा छुट्टा छुट्टै कार्यक्रममा आआफ्नोतर्फबाट सम्मानपत्र हस्तान्तरण गरेका थिए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

डा.पुनको संधर्षमय जीवनको बारेमा समेत उल्लेख गर्दै ओहायो राज्यको पहिलो राजधानी शहर सिटीअफ चिलिकाथीका मेयर ल्युक एम फिनीले सम्मानपत्रमा लेखेका छन्, ‘म चिलिकाथी शहरको मेयर ल्युक एम फिनी डा.महाविर पुनका असा’धारण उपलब्धीहरुले नेपाली समुदायमा गरेको उल्लेख्यकामले नेपालमा र अमेरिकामा समेत उत्प्रेरण जगाउने कार्य गरेकोले सम्मान व्यक्त गर्दछु ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****