दु:खद घटना: नारायणगढ-मुग्लिन सडकमा ढुंगाले च्यापिए यी यात्रु, एसरी सुनाए भ’यानक अनुभव !! (भिडियो हेर्नुस्)

 सुदुर दैनिक संवाददाता    २०७८, २४ असार बिहीबार १६:२६     772 जनाले पढ़िसके


तवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९ सेती दोभानमा ढुंगासहितको पहिरोले स्कार्पियो पुरिएको छ ।
मंगलबार अपरान्ह ५ बजेको समयमा मुग्लिनबाट भरतपुरतर्फ आउँदै गरेको हरियो नम्बर प्लेटको स्कार्पियो पहिरोले पुरिएको हो । केही पहिरो पन्छाएर एकतर्फी सवारी चलाई रहेको बेला माथिबाट खसेको पहिरोले स्कार्पियोको अगाडिको भागमा पूर्ण रुपमा क्षति भएको छ । घ’टनामा गाडीमा सवार एक जना घाइते भएका छन् भने चालक सकुशल छन् ।

चालक ढोकाबाट निस्किएर बाच्न सफल भएका छन् । घटनामा चितवनको केराबारीबाट बुटवल जाँदै गरेका हरि राना घाइते भएका छन् । उनको हातमा चोट लागेको छ । उनको अहिले भरतपुरमा उपचार भइरहेको छ । गयरातिदेखी अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्डमा दिउँसोदेखि एकतर्फी संचालन गर्ने कोशिस गरिएपनि पहिरोले प्रभावित पार्दै आएको थियो ।