झापामा कार दुर्घटना हुदाँ एमालेका युवा नेता ज्ञानु प्रसाईंको मृ’त्यू

 सुदुर दैनिक संवाददाता    २०७८, २५ असार शुक्रबार १६:४७     565 जनाले पढ़िसके


झापामा कार र्दुघटनामा हुदाँ एमालेका नेता ज्ञानु प्रसाई मृत्यू भएको छ । चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परेको प्रसाईं उपचारका क्रममा मृ’त्यु भएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड–१ निवासी ४६ वर्षीय प्रसाई एमाले युवा नेता तथा व्यवसायीसमेत हुन् । ।

उनले चलाएको का १६ च ८१८२ नम्बरको कार आफै अनियन्त्रित भई देवकोटाको सालिकको कम्पाउण्डको वालमा ठोकिएर दुर्घटना हुँदा कार चालक प्रसाई गम्भिर घाइते भएका थिए । उनको अवस्था गम्भीर रहेकाले उनलाई उपचारका लागि मेची अस्पताल लगिएको थियो । मेची अस्पतालले १२ः१५ बजे उपचारको क्रममा मृत्यु भएको घोषणा गरेको छ । उनी बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतराका पति हुन् ।

त्यस्तै अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो साझा पेट्रोलपम्प अगाडि आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृ’त्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा चैनपुर घर भई हाल सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।