अखिल फोर्सको सुदूरपश्चिम संयोजकमा प्रज्वल कुँबरलाई जिम्मेवारी

 सुदुर दैनिक संवाददाता    २०७८, १६ श्रावण शनिबार २१:११     163 जनाले पढ़िसके


महेन्द्रनगर । नेकपा(एमामले) को माधव नेपाल समूहले विद्यार्र्थी नेता प्रज्वल कुँबरलाई अखिल फोर्सको सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिएको छ । उनलाई अखिल फोर्सको सुदूरपश्चिम प्रदेशको संयोजक बनाएको छ ।

कुँबर अखिलका सचिवालय सदस्य हुन् । उनी अखिलमा इकाई कमिटीबाट आएका हुन् । कुँबर पहिलादेखि एमालेको नेपाल समूहमा छन् ।

शुक्लाफाँटा नगरपालिकाका कुँबरले अखिल फोर्सलाई सुदूरपश्चिममा विस्तार गरी लैजाने बताए ।