कृष्णपुरको वाणी हस्पिटलमा एक्सरे सेवा संचालनमा

 सुदुर दैनिक संवाददाता    २०७८, २६ आश्विन मंगलवार ११:४२     29 जनाले पढ़िसके


कञ्चनपुरको कृष्णपुर–२ स्थित बाणी हस्पिटलले डिजिटल एक्सरे सेवा सञ्चालनमा ल्याएको छ ।

बाणी बजारको देखतभुली रोडमा रहेको हस्पिटलले दशैंको अवसर पारेर डिजिटल एक्सरे सेवा सञ्चालनमा ल्याएको हो ।

वाणी हस्पिटलमा डिजिटल एक्सरे सञ्चालनमा आएसँगै लालझाडी गाउँपालिका र कृष्णपुर नगरपालिकाका नागरिकलाई एक्सरे सेवा लिन सहज हुने अस्पतालले जनाएको छ । आकस्मिक उपचारका लागि वाणी हस्पिटल २४ सै घण्टा सञ्चालनमा छ । डा. रामबाबु यादवद्धारा चेकजाँच गरिन्छ ।